घाइतेहरुको उपचारमा कुनै कसर बाँकी राख्दैनौं: महासचिव आचार्य
पाेखरा | मंसिर २०, २०७९
पोखरा: पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा गत १६ गतेदेखि समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार महोत्सव जारी छ । उक्त महोत्सवमा विभिन्न क्षेत्रका व्यवसायीक स्टलदेखि मनोरञ्जनका लागि बाल उद्यान तथा सांगीतिक माहौल छ ।
महोत्सवकै क्रममा बाल उद्यानको रोटेपिङ खेल्ने क्रममा (आइतबार) गत आइतरबार रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुदाँ तीन जना खसेर घाइते भए । अहिले उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनीहरुको उपचारमा कमी नगराउने पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले बताए । उनका अनुसार घाइतेमध्ये बालिका सामान्य उपचारपछि घर फर्किसकेकी छिन् भने ति बालिकाको आमा जनरल वार्डमा उपचाररत छिन् ।
यसैगरि गम्भीर अवस्थामा रहेकी २२ वर्षीया अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ ।
महासचिव आचार्यले घाइतेहरुको उपचारमा केही बाँकी नराख्ने बताउदै निरन्तर भेटघाट गर्न पुगेको बताए ।
‘पोखरामा हाम्रो महोत्सव यतिबेला जारी छ, मेलामा व्यवसायीदेखि सामान खरिद गर्न र मनोरञ्जन गर्न स्थानीय आइराखेका छन्, उनले भने, ‘मेलामा राखिएको बालउद्यान रोटेपिङबाट खस्दा गम्भिर घाइते हुन पुगेकी बहिनीको उपचारमा महासंघले कुनै कसर बाँकी राख्दैन । डाक्टर र परिवारसँग निरन्तर सम्पर्कमा छौं यहाँ सम्भव नभए काठमाडौं लान पनि हामी तयार छौं । त्यसैले त्यो अप्रिय घटनाले हामीलाई दुख तुल्याएको छ । तथापी हामीले उपचारमा केही कमी नगर्ने हिसाबले अपटुडेट भइरहेका छौ ।’

उनले महोत्सवमा सगरमाथा इन्स्युरेनसले साथ दिएको बताउदै बीमारकममार्फत घाइतेको उपचार गरिरहेको सुनाए । ‘पहिले पहिलेको संस्करणमा बीमा थिएन । अहिले हामीले संभावित जोखिमलाई मध्यनजर गर्दै बीमा कम्पनीसँग समन्वय गरेका छौ, उनले भने, घाइते हुनुभएका बहिनीहरुको उपचारको लागि अहिले संघले नै खर्च गरिरहेका छौ । महोत्सवपछि बीमा कम्पनीबाट भुक्तानी गर्नेछौ ।’
उक्त घटनापछि रोटेपिङ केही समयको लागि बन्द गरिएको जानकारी दिए । महासचिव आचार्यले जिल्ला प्रशासन कार्यालय कास्कीको सहमतिपछि अन्य बालउद्यान सञ्चालन भएको बताउदै रोटेफिङको बारेमा छलफल भइरहेको जानकारी दिए । ‘अहिले रोटेपिङ बाहेक अरु पिङहरु सञ्चालनमै छ । यो पिङबारे पनि प्रशासनसँग समहती गरेर केही दिनमै सञ्चालनमा ल्याउनेछौ ।’
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

